काठमाडौं, १७ जेठ । अर्थमन्त्री युवराज खतिवडाले विवादास्पद निर्वाचन क्षेत्र विकास सँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिन आफू बाध्य भएको बताएका छन् ।
नखाउँ भने केको सिकार, खाउँ भने केको अनुहारजस्तै भयो, बजेटबारे बुधबार उनले भने । संसद बाहिरको जनमत विरोधमा भए पनि संसदभित्र राजनीतिक सहमति भएकाले बाध्यतामा परेको उनको भनाइ छ ।
संसदबाहिर यो दिनै हुँदैन भन्ने थियो, तर संसदभित्र राजनीतिक सहमतिमा नभई हुँदैन भन्ने थियो, उनले भने, म हालको अवस्थामा दुवैको प्रतिनिधित्व गर्ने भए, बीचको बाटो रोजे । अर्थमन्त्री खतिवडाले त्यही कारणले आफू ट्रयापमा परेको बताए । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।