विदेशबाट फर्केनेले सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

विदेशबाट फर्केनेले सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने

sun

काठमाडौँ, १५ जेठ । विदेशबाट फर्कने नेपाली कामदारले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने सरकारले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।

यसैगरी यस वर्षको वजेट भाषण मार्फत कर्मचारीको तलब बढेन । तर कर्मचारीलाई पोशाक र महंगी भत्ता भने बढाइएको छ । कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुगेको छ । यसैगरी कर्मचारीको महंगी भत्ता २ हजार बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने जनाएका छन् ।

यसैगरी कैदीको सिदा खर्च ४५ बाट ६० पुराइएको छ । कैदीका छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ रुपैयाँ पुर्‍याइएको छ । कर्मचारीको महंगी भत्ता २ हजार बढेको छ । कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुगेको छ । तर कर्मचारीको तलब भने बढेन।

१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटनको प्रवर्द्धन गरिने छ । हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दारलाई प्रभावकारी बनाइने छ । ३ वर्ष भित्रमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने अर्थमन्त्रीले जनाएका छन् ।

०७५ -८५ मा उर्जा दशक मनाइने छ । बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने छ । तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने छ । प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);