नेपाल निर्माण व्यावसायी महासंघद्वारा गृहमन्त्री रामबहादुर थापालाई अदालतमार्फत कार्बाही गराउने धम्की | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

नेपाल निर्माण व्यावसायी महासंघद्वारा गृहमन्त्री रामबहादुर थापालाई अदालतमार्फत कार्बाही गराउने धम्की

ram bahadur thapa

काठमाडौं, १४ जेठ । निर्माण व्यावसायीहरुले गृहमन्त्री रामबहादुर थापामाथि कार्बाहीको धम्की दिएका छन् ।

नेपाल निर्माण व्यावसायी महासंघले गृहमन्त्री थापामाथि क्षेत्राधिकार नाघेर आफूहरुमाथि धरपकड गरेको आरोप लगाउँदै अदालतबाट कार्बाही गराउने धम्की दिएको हो । महासंघले काठमाडौंमा विशेष साधारणसभा गरेर १३ बुँदे घोषणापत्र जारी गरी निर्माण व्यावसायीमाथिको धरपकड बन्द नगरे अदालतबाट अन्तरिम आदेश ल्याउने चेतावनी दिएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारी निकाय र निर्माण व्यावसायीबीच भएको सम्झौता विपरित गृहमन्त्री थापाले शक्तिको आडमा क्षेत्राधिकार नाघेर व्यावसायीलाई पक्राउ गरेको आरोप लगाउँदै अब आफूहरु सहेर नबस्ने चेतावनी दिए ।

गृहमन्त्री थापाले निर्धारित समयमा सडक लगायत भौतिक पूर्वाधारको काम नगर्ने र गुणस्तरमा लापर्बाही गर्ने ठेकेदारहरुलाई धमाधम पक्राउ गर्न लगाएको विरोधमा महासंघको यो धम्की आएको हो । महासंघले नयाँ सरकार गठनपछि शान्ति सुरक्षाको अवस्था विग्रेको र त्यसको मार निर्माण व्यावसायीहरुले खेप्नुपरेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);