काठमाडौं, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्यायको उचित सम्बोधनका लागि सर्वोच्च अदालतबाट भएका आदेशको अक्षरक्ष पालना गर्न सरकारको गम्भिर ध्यानार्षण गराएको छ ।
सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आममाफी दिने चर्चा भईरहेका बेला आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रिय मानव अधिकारको मुद्दामा खुट्टा नकमाउन सरकारलाई आग्रह गरे । अध्यक्ष शर्माले संक्रमणकालीन न्यायको उचित व्यवस्थापनका लागि आयोगका सिफारिसहरु कार्यान्वयन गर्न पनि सरकारलाई सचेत गराए ।
कार्यक्रममा अध्यक्ष शर्माले मानव अधिकारका प्राथमिकताहरु समेटिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।