बाढीबाट सदरमुकाम चैनपुर बचाउ अभियान अन्तर्गत बझाङमा ७५ प्रतिशत काम सकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाढीबाट सदरमुकाम चैनपुर बचाउ अभियान अन्तर्गत बझाङमा ७५ प्रतिशत काम सकियो

badi

ललित सिंह,
बझाङ, १३ जेठ । बाढीबाट सदरमुकाम चैनपुर बचाउ अभियान अन्तर्गत बझाङमा ७५ प्रतिशत काम सकिएको छ । बाढीबाट सदरमुकाम जोगाउन तटबन्ध बनाउने काम तिव्र गतिमा भइरहेको छ ।

बाढीबाट सदरमुकाम बचाउ अभियान २०७२ सालदेखि सुरु भएको हो । सदरमुकाम बचाउ अभियान बझाङ लगायत १४ वटा जिल्लामा चलिरहेको छ । अभियान अन्तर्गत बाझाङमा ७५ प्रतिशत काम सकिएको छ । २०७२ सालमा बाउली खोलाले चैनपुर जोड्ने झुलुङ्गे पुल बगाएपछि सदरमुकाम बचाउ संघर्ष समिति बनाएर अभियान सुरु गरिएको हो ।

सरकारको गुरु योजना अनुसार अभियान सुरु गरिएको हो । बझाङमा अहिले तटबन्ध बनाउने काम तिव्र गतिमा भइरहेको छ । अभियान अन्तर्गत चार वटा प्याकेज सम्पन्न भएको छ ।अभियान समयमै सक्ने गरि काम भइरहेको सरोकारवालाको भनाइ छ ।

७५ करोड २८ लाख १५ हजारको लागतमा चैनपुर बचाउन अभियान सुरु गरिएको हो । सेती नदी र बाउली खोलाले बर्सेनि चैनपुर जोखिममा पर्ने गरेको छ । बचाउ अभियान सम्पन्न भएपछि बर्सेनि बाढीबाट हुने क्षति कम हुने स्थानीयको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);