दाङ, ११ जेठ । दुधको उत्पादन बढाउन दाङका कृषकहरुलाई अनुदानमा उपकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायिक रुपमा गाई भैँसी पाल्ने कृषकहरुलाई अनुदानमा उपकरण दिएको हो ।
उपमहानगरपालिकाले कृषकलाई दुध बोक्ने क्यान र घाँस काट्ने च्यापकटर वितरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले अनुदानको सदुपयोग गर्न कृषकहरुलाई आग्रह गरेका छन् ।
कृषकहरुले अनुदानको सहि सदुपयोग गर्ने प्रतिबद्धता जनाए । उपमहानगरपालिकाले अनुदान दिएपछि कृषकहरुले व्यवसायलाई थप विस्तार गर्ने बताएका छन् ।