असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर.. | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर..

kalanki underpass

काठमाडौं, ११ जेठ । कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ । चक्रपथ परिक्रमा अन्तर्गत कलंकी कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदैछ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो ।

काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँछन् ।
कलंकीदेखि महाराजगञ्जसम्म सडक विस्तार गर्ने योजना पनि अगाडि बढेको छ । उनले भने, बल्खुको खसीबजारदेखि कलंकीचोकसम्म र कलंकीदेखि बाफलतर्फ अन्डरपासको फिनिसिङ भइरहेको छ । असारदेखि अन्डरपासबाट सवारी साधन गुड्नेछ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);