जनताको अपेक्षा अनुसार काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

जनताको अपेक्षा अनुसार काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

kp oli pm

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले जनताले सुशासन र विकास चाहेको भन्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताए ।

बुधबार काठमाडौंमा आयोजित ‘वल्र्ड फेडेरेशन अफ डेमेक्रेटिक यूथ’ सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारले जनताको अपेक्षालाई पूरा गर्न ‘सुःखी नेपाली, समृद्ध नेपाल’ को मूल नारा बनाएर सरकार अघि बढेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकारले ५ वर्ष भित्र मुलुकलाई विकासोन्मुख राष्ट्र बनाउने गरी नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् । उनले जनताको चाहनालाई पूरा गर्न दुई ठूला कम्युनिष्ट पार्टीहरु एकतावद्ध भई नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु परेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न युवाहरुलाई आह्वान समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);