बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने भारत सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने भारत सरकारको निर्णय

indian field offc

काठमाडौं, ९ जेठ । भारत सरकारले बिराटनगरस्थित फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ ।

२०६५ भदौं दुईमा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने अवस्थामा सवारी पास दिन भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो । तर, दश वर्षसम्म भारतले अटेर गर्दै उक्त कार्यालय सञ्चालनमा ल्याइरहेको थियो । नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला फिल्ड अफिस बन्द गर्न भारत सरकारलाई पत्र काटीएको थियो ।

तर, भारतले कार्यालय हटाउन चाहेन । नेपाल कम्युनिष्ट पार्टीको ५ जेठमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणा गरेको तीन दिनपछि भारतले कार्यालय हटाउने औपचारिक जानकारी दिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीलाई फिल्ड अफिस बन्द गर्ने जानकारी गराएका छन् ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै फिल्ड अफिस राख्नुको उद्देश्य पुरा भैसकेकाले हटाउने निर्णय गरिएको जनाएको छ ।