अमेरिका भन्छ - उत्तर कोरियाले परमाणु क्षेप्यास्त्रलाई इन्जिन बनाउन सक्छ | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

 

एजेन्सी, १ भदौ । अमेरिकाले उत्तर कोरियासँग परमाणु क्षेप्यास्त्रका लागि इन्जिन बनाउने क्षमता भएको जनाएको छ। यो मामिलामा उत्तर कोरियाले कुनै देशसँग सिक्न आवश्यक नपर्ने अमेरिकी खुफिया अधिकारीले बताएका हुन्।

 

यतिबेला अमेरिकामा आणविक बम हान्ने तयारीमा रहेको भनिएको उत्तर कोरियाको परमाणु क्षेप्यात्रका लागि इन्जिन युक्रेन वा रुपको कारखानामा बनिरहेको बताइएको छ। जासुस अधिकारीलाई उद्र्धृत गर्दै परमाणु क्षेप्यास्त्रमा लाग्ने खालको इन्जिनका लागि अब उत्तर कोरियालाई विदेशीको भर पर्नु आवश्यक नभएको अमेरिकाको न्यूयोर्क टाइम्सले जनाएको छ।

 

यद्यपि युक्रेनले भने उत्तर कोरियासँग प्रतिरक्षा प्रविधिको आदान प्रदान नगरेको बताउँदै आएको छ।

ताजा समाचार