पर्व कटौति तत्काल फिर्ता लिन मुस्लिम संघको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

पर्व कटौति तत्काल फिर्ता लिन मुस्लिम संघको माग

muslim

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल काँग्रेसनिकट नेपाल मुस्लिम संघले आफूहरुको पर्व कटौति गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गर्दै सरकारलाई दिवाव दिन सुरु गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुभाउँदै संघले आफूहरुको पर्वमा विदा कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन दवाव दिएको हो ।

सरकारले आफूहरुको पहिचान समेत मेटाउन ढंगले विदा कटौति गर्ने निर्णय लिएपछि फिर्ता लिन दवाव दिन सुरु गरिएको संघका महासचिव मोख्तार अहमदले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आफूहरुको पर्वमा विदा कटौति गर्ने सरकारको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु परेको बताए ।

आईतबार जिल्ला प्रशासन कार्यालय पुगेका संघका नेतृत्वले प्रमुख जिल्ला अधिकारी शर्मासँग आफूहरुको विदा कटौति गर्ने निर्णयमा पुनर्विचारका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

संघले संवैधानिक व्यवस्था अनुसार समावेशी सिद्धान्तका आधारमा मदर्सा शिक्षालाई व्यवस्थित गर्न राष्ट्रिय मदर्सा बोर्ड तत्काल गठन गर्न पनि सरकारसँग माग गरेको छ । मुस्लिम आयोगलाई क्रियाशील बनाउन पनि माग गरिएको संघद्धारा सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);