प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच आज वालुवाटारमा शिष्टाचार भेट भएको छ । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे छलफल भएको छ ।

 

वान बेल्ट वान रोड (ओबिओआर) मा नेपालले हस्ताक्षर गरिसकेको छ । त्यसलाई अब कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

 

आजको भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गरेका छन् । प्रधानमन्त्री देउवाले पनि राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि चिनियाँ उपप्रधानमन्त्री वाङ याङ मार्फत  निम्तो गरेका छन् ।