चिनीयाँ उपप्रधानमन्त्री याङ चार दिने नेपाल भ्रमणका लागी काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

साउन ३१, काठमाडौँ ।

चिनीयाँ उपप्रधानमन्त्री वाङ याङ चार दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नुभएको छ ।

 

सरकारको निमन्त्रणामा चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री याङ पाकिस्तान हुँदै सोमबार साँझ काठमाडौं आइपुग्नुभएको हो । भारत र चीनबीच दोक्लाम क्षेत्रमा विवाद बढिरहेको, भारतीय बाँधका कारण तराई क्षेत्र डुबानमा परेको तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको तयारी गरिरहेको अवस्थामा चिनियाँ उच्च तहबाट पाँच वर्षपछि हुन लागेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । याङले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम छ ।

 

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ । चारजना राज्य र सहायकमन्त्री तथा विभिन्न मन्त्रालय र विभागका उच्च अधिकारीसहित नेपाल आउने याङ नेतृत्वको टोलीसँग दुई देशबीच विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयन तथा सहयोगका थप परियोजनाको सम्भाव्यताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । याङले आज काठमाडौंको हनुमानढोकास्थित नौतले दरबारको जिर्णोद्धारको शुभारम्भ गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);