प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई प्रचण्डको सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई प्रचण्डको सुझाव

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीलाई कमजोर नदेख्न सांसदहरुलाई सुझाव दिएका छन् । पार्टी एकिकरण पछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा बोल्दै अध्यक्ष दाहालले ठुलो पार्टी भयौ भन्दैमा प्रतिपक्षीलाई कमजोर नठान्न सांसदहरुलाई सुझाव दिएका हुन् ।

पार्टी एकिकरणले दिएको उत्साह र उर्जासंगै प्रतिपक्षी दलबाट हुन सक्ने विरोध र संघर्षका चुनौति पनि उत्तिकै बढ्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए । युद्धमा पराजित भएको सेनाले युद्धकला र त्यसको शिक्षा अझै राम्रोसंग सिक्न मेहनत गर्नुपर्ने प्रसंग उल्लेख गर्दै उनले बैचारिक ढंगले प्रतिपक्षी दलले आफुहरुका कमजोरीलाई औल्याउन अझै मेहनत गर्ने भएकाले ठुलो पार्टीको आनन्द महसुस गरेर ढुक्क रहने अवस्था नरहेको तर्फ सर्तक रहनुपर्नेमा जोड दिए । उनले भने “अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।”

अध्यक्ष दाहालले पार्टी एकिकरणलाई राजनीतिक आन्दोलनको असाधारण परिघटनाको संज्ञा दिए । यो परिघटनालाई विश्वले नै अत्यन्तै चाँसोका साथ हेरिरहेको उनले बताए ।

ठुलो उपलब्धीबाट बढी आत्मसन्तुष्ठी र ओभरकन्फिडेण्टका अनुभुति देखाउने काम भए त्यो प्रत्युत्पाक हुने भन्दै उनले प्रतिपक्षीको तर्फबाट हुनसक्ने विरोधलाई सामना गर्ने क्षमता वृद्धि गर्नुपर्ने बताए ।

उनले एकिकृत पार्टी प्रति जनताको ठुलो विश्वास र आस्था रहेकाले विकासका आयोजनामा केन्द्रीत रहेर मुलुकको समृद्धि हुने गरि योजना बनाउन आवश्यक रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);