चर्को मूल्यमा तरकारी बेच्ने व्यापारी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चितवन , ३२ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढको लायन्स चोकमा रहेको आलुबजार अनुगमन गरी तीनजना व्यापारीलाई केहीबेर नियन्त्रणमा लिएको छ ।

चर्को मूल्यमा आलु बिक्री गरेको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा सिद्धि विनायक आलु स्टोर्सका अनुरोधकुमार शाह, शिवशक्ति स्टोर्सका लालबाबु शाह र अर्का एक व्यापारी विनोद शाहलाई केहीबेर नियन्त्रणमा लिइएको हो । कागजपत्र हेर्दा खरिद तथा बिक्री मूल्य सन्तुलन देखिएकाले व्यावसायिक सुधार र दर्ता तथा नबिकरण कार्य चुस्त राख्न निर्देशन दिएर छाडिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिनुभयो । उपभोत्ता अधिकार मञ्च, पत्रकार र प्रशासनको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);