नेपाल कम्युनिष्ट पार्टीमा ९ सदस्यीय सचिवालय गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाल कम्युनिष्ट पार्टीमा ९ सदस्यीय सचिवालय गठन

विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी –

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीले ९ सदस्यीय सचिवालय गठन गरेको छ ।

बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले गठन गरेको ९ सदस्यीय सचिवालयमा विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

सचिवलयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल हुनेछन् ।

त्यसैगरी एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय बनाइएको छ । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता रहेका छन । यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

जसमा मालेबाट २ सय ४१ र माओवादीबाट २०० नेता रहेका छन् । केन्द्रीय सदस्यहरुले आजै एकीकृत पार्टीको पहिलो बैठकमा सामुहिक सपथग्रहण गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);