बैतडी, ३ जेठ । बैतडी सदरमुकाम गोठलापानीका व्यापारीले सडकमा फोहोर फालेका छन् । दशरथचन्द नगरपालिकाले फोहोर नउठाएको भन्दै व्यापारीले सडकमा फोहोर फालेका हुन् । सडकामा फलिएको फोहोरका कारण स्थानीयलाई समस्या भएको छ भने सडक कुरुप देखिएको छ ।
दशरथचन्द नगरपालिकाले व्यापारीले जानकारी नै नगराई फोहोर फालेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । फोहर उठाउने टिप्पर बिग्रिएकाले भाडामा ट्याक्टर लिएर उठाउने गरिरहेको नगरपालिकाको भनाई छ ।