बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए स्वतः जफत | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

साउन ३२ , काठमाण्डौँ । बैंक खातामा राखेको पैसा २० वर्षसम्म नचलाए स्वतः जफत हुने राष्ट्र बैकंले जनाएको छ । यस्तो पैसा निष्क्रिय रहेको ठहर गरी सरकारीकरण गरिनेछ ।

 

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका २०७४ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ग्राहकले समयसमयमा खाता नवीकरण गरी सक्रिय बनाएको अवस्थामा भने रकम जफत हुनेछैन । यस्तै बेलाबखत आफ्नो खाताबाट रकम झिक्ने र रकम जम्मा गर्ने काम गरियो भने पनि खाता निष्क्रिय हुँदैन ।

 

पैसा जम्मा गरेको १० वर्षदेखि खाता चल्तीमा छैन वा कसैको पनि हकदावी परेको छैन भने सम्बन्धित बैंकले त्यस्तो खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);