असिना पानीका कारण पीडित किसानलाई राहत दिन सांसदको माग | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८३, शनिबार

असिना पानीका कारण पीडित किसानलाई राहत दिन सांसदको माग

kera

काठमाडौं, २ जेठ । सांसदहरुले देशका विभिन्न भागमा असिना पानीले जनधनको क्षति पुर्याएको भन्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा विषेश समय लिएर बोल्दै सांसदहरुले कैलाली, बझाङ, कन्चनपुर लगायतका क्षेत्रमा असिना पानीले ठूलो परिणामा जनधनको क्षति भएको भन्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बडुले दार्चुला जिल्लाका विभिन्न गाउँका बाढि पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।उनले पटक–पटक विमान दुर्घटना हुनुको कारणको खोजी गरी तत्काल समस्या समाधान गर्न पनि सरकारसँग माग गरे ।

बुधबार विहान मकालु एयरको विमान दुर्घटनामा परी चालक दलका दुवै सदस्यको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उनले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।