एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न मन्त्री खनालकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न मन्त्री खनालकाे आग्रह

chakra pani khanal

काठमाडौं, १ वैशाख । नेकपा माओवादी केन्द्रका नेता एवम् कषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एमालेसँग पार्टी एकता हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

मन्त्री खनालले दुई पार्टीबीच पार्टी एकताका लागि कुनै बाधा नरहेको बताए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले समृद्धिको योजना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि समान धारणा भएका दुई पार्टीबीचको एकतामा आफूले कुनै बाधक तत्व नदेखेको स्पष्ट पारे ।

मन्त्री खनालले केही त्रुटि भए सच्याएर भएपनि एमालेसँग माओवादी केन्द्रको एकता हुने उल्लेख गरे । मन्त्री खनालले भारतसँग कृषि क्षेत्रको विकासमा घनिभूत सहकार्य गर्न छिट्टै मन्त्रीस्तरीय बैठक बस्ने उनले बताए ।

उनले तत्काल भारतसँग अर्गानिक खेती र माटो परिक्षण प्रविधिका विषयमा नेपाल सरकारले सहमति गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पारे । मन्त्री खनालले भारतसँग नेपालले कृषिको क्षेत्रमा धेरै कुरा सिक्न सक्ने सम्भावना रहेको पनि औंल्याए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);