नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता प्रकृया अवरुद्ध नभएको बताए | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता प्रकृया अवरुद्ध नभएको बताए

narayan kaji

काठमाडौं, १ जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता प्रकृया अवरुद्ध नभएको बताएका छन् ।

पर्साको वीरगन्जमा संचारकर्मीसँग नेता श्रेष्ठले एकताको लागि बैचारिक आधार तयार भइसकेको दाबी गर्दै पार्टी एकता प्रकृया अवरुद्ध नभएको बताएका हुन्। एमाले र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको भन्ने समाचार सार्वजनिक भइरहेका बेला नेता श्रेष्ठले छिट्टै पार्टी एकता घोषणा हुने बताए ।

नेता श्रेष्ठले दुबै पार्टीका अध्यक्ष अन्तरिमकालको लागि अध्यक्ष हुने लिखित सहमति भएको समेत बताए । दीर्घकालीन एकताका लागि गृहकार्यमा समय लागेको उहाँको भनाइ छ । फरक प्रसंगमा नेता श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति उपयुक्त नभएको बताए । नेपालको आन्तरिक मामिला आफैले मिलाउन सकिने भन्दै नेता श्रेष्ठले विदेशीकासामु हारगुहार गर्नु नपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);