ओली सरकार मोदीसामु 'लम्पसार' परेको गगन थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ओली सरकार मोदीसामु ‘लम्पसार’ परेको गगन थापाको आरोप

काठमाडौं, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसामू वर्तमान सरकार ‘लम्पसार’ परेको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधीसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग झुकेको टिप्पणी गरे ।

नाकाबन्दीका बेला जनताको पक्षमा वकालत गर्ने ओलीले अहिले नाकाबन्दी भन्ने शब्द सुन्न पनि नचाहेकोप्रति थापाले आश्चर्यता प्रकट गरे । थापाले मोदी भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मी नेपाल भित्र्याएर सरकारले ठूलो गल्ती गरेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);