थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश

उदयपुर, ३१ वैशाख । उदयपुर गोल्डकप प्रतियोगितामा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङ ११ लाई ४–१ गोलले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।  थ्री स्टारको लागि विदेशी खेलाडी अजय मालिनले २ गोल र अनन्त तामाङ र रुपेश श्र्रेष्ठले एक एक गोल गरे ।

मोरङका लागि विदेशी खेलाडी उम बालाले गरे । खेलको म्यान अफ दि म्याच थी्र स्टारका अजय मालिन घोषित भए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताको ३ लाख पुरस्कार पाउने छन् ।