नेपाल भ्रमण ऐतिहासिक र फलदायी : नरेन्द्र मोदी | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

नेपाल भ्रमण ऐतिहासिक र फलदायी : नरेन्द्र मोदी

काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुईदिने नेपालको राजकीय भ्रमण ऐतिहासिक र फलदायी भएको बताएका छन्।

प्रधानमन्त्री मोदीले ट्विटमार्फत भनेका छन् ‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो ।’

यसैगरी उनले दोस्रो ट्विटमार्फत आफ्नो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ उर्जा थपिएको बताएका छन् । उनले ट्विटमार्फत नेपाल सरकार र नेपाली जनताले आफु प्रति देखाएको न्यानो पनप्रति आभार प्रकट गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);