उत्तर कोरियाको अर्थतन्त्र विकासका लागि सहयोग गर्न अमेरिका तयार | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

उत्तर कोरियाको अर्थतन्त्र विकासका लागि सहयोग गर्न अमेरिका तयार

donald trump

एजेन्सी, २९ बैशाख । अमेरिकाले उत्तर कोरियाको अर्थतन्त्रको विकासमा सहयोग गर्ने बताएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न सहमत भए उसको अर्थतन्त्रको पुनः विकासमा अमेरिकाले सघाउने बताए । पोम्पेओले उत्तर कोरियामा समृद्धि हासिल गर्नका लागि दक्षिण कोरियासँग मिलेर सघाउन अमेरिका तयार रहेको बताए ।

उनले हालै मात्र प्योङयाङको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गरेका थिए । किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएका बेला पोम्पेओबाट उत्तर कोरियालाई सहयोग गर्ने अभिव्यक्ति आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);