भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजाआजा गरे | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजाआजा गरे

mukthinath

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजाआजा गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले केहीबेरअघि मुक्तिनाथ पुगेर मन्दिरमा विशेष पुजा गरेका हुन् । मन्दिरमा २० मिनेट समय लगाएर पुजा गरेपछि मोदीले मन्दिर परिसरमा रहेका १ सय ८ वटा धाराको पानी सिंचन गरेका थिए । मोदी मुक्तिनाथ मन्दिरमा पूजाका लागि विहान ८ बजे हेलिकोप्टरमा त्यहाँ पुगेका थिए । मोदीका लागि मन्दिर नजिकै हेलिप्याड बनाइएको थियो ।

हेलिप्याडमा चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी लगायतले स्वागत गरेका थिए । हेलिप्याडबाट मन्दिर जाने क्रममा मोदीलाई मन्दिरका पूजारी लगायतले भव्य स्वागत गरे । मोदी पूजाका लागि मन्दिरमा उपस्थित भएसँगै मुक्तिनाथ क्षेत्रवासी निकै उत्साही भएका छन् । मोदीको उपस्थितिले मुक्तिनाथ क्षेत्रको प्रबद्र्धन भइ पर्यटकको आगमन बढ्ने विश्वासमा मुक्तिनाथ क्षेत्रवासी उत्साही भएका हुन् । पूजाका क्रममा मोदीले मुक्तिनाथ मन्दिर क्षेत्रमा डेढ घण्टा बिताए ।

उनले आफ्नो स्वागतमा उपस्थित भएका मुक्तिनाथ क्षेत्रवासीका कुरा सुन्न आधा घण्टा समय बिताए । मोदीले मुक्तिनाथबाट काठमाडौं फर्केर पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);