नेपाल र भारतबीच पञ्चेश्वर वहुउद्देष्यिय आयोजनाको डीपीआर अगाडि बढाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपाल र भारतबीच पञ्चेश्वर वहुउद्देष्यिय आयोजनाको डीपीआर अगाडि बढाउने

काठमाडौं, २९ बैशाख । भारतले नेपालको आन्तरिक मामिललाई लिएर कुनै किसिमको असमझदारी नरहेको प्रष्ट पारेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि नेपालको आन्तरिक मामिलालाई लिएर कुनै किसिमको असमझदारी नरहेको प्रष्ट पारेको हो । प्रधानमन्त्री ओलीसँगको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत अखण्ड र समृद्ध नेपालको पक्षमा रहेको बताए । उनले एकै वर्षमा तीनवटा निर्वाचन हुनु निकै ठूला उपलब्धि भएको भन्दै निर्वाचनमार्फत जनताले व्यक्त गरेको मतको भारतले हृदयदेखि नै स्वागत गरेको बताए ।

नेपाल र भारतबीच पञ्चेश्वर वहुउद्देष्यिय आयोजनाको डीपीआर अगाडि बढाउने लगायत महत्वपूर्ण विषयमा समझदारी भएको छ । ओली र मोदीबीचको भेटवार्ताका क्रममा रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि जतिसक्दो चाँडो सर्भे सुरु गर्ने, भक्तपुर क्यान्सर अस्पताललाई भारतले सहयोग गर्ने लगायतका महत्वपूर्ण समझदारी भएको हो ।

वार्तामा प्रधानमन्त्री ओलीले मोदीसमक्ष प्रतिबन्धित भारु नोट सटहीको विषयमा कुरा उठाएका छन् । ओलीले विभिन्न चार वटा विमानस्थलका लागि हवाइ रुट ऊलब्ध गराउन पनि ओलीले मोदसँग आग्रह गरेका छन् । वार्तापछि ओली र मोदीले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरेका छन् । संखुवासभामा पर्ने अरुण तेस्रोको लाइसेन्स भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले १० वर्ष पहिले पाएकामा आयोजना बनाउने सन्दर्भमा साढे तीन वर्ष पहिले सम्झौता भएको थियो ।

१ खर्ब भन्दा बढी लगानीमा बन्ने आयोजनाबाट नेपालले २१ दशमलव ९ प्रतिशत अर्थात १ सय ९७ मेगावाट विजुली सित्तैंमा पाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);