'संविधानले तोकेको अधिकार अनुसार काम गर्न राष्ट्र सेवक कर्मचारीलाई निर्देशन' | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

‘संविधानले तोकेको अधिकार अनुसार काम गर्न राष्ट्र सेवक कर्मचारीलाई निर्देशन’

पर्सा, २८ वैशाख । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले तोकेको अधिकार तथा कानुन अनुसार काम गर्न राष्ट्र सेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज पर्सा जिल्लाको सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले डाक्टर फेरिएपछि औषधी फेरिने जस्ता कार्य आफनो मन्त्रालयमा नहुने बताए ।

राम्रो गर्नेलाई पुरस्कृत तथा गलत गर्नेलाई दण्ड सजाय गर्ने आफनो नीति रहेको र असल कार्यको आधार मानेर कर्मचारीको सरुवा बढुवा हुने उनले बताए ।

आजै विहान बीरगन्ज पुगेका मन्त्री पण्डितले नेकपा एमाले पर्साको कार्यालयमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जनताका लागि राजनीति गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);