काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने भनिएको जनकपुरको रंगभूमि मैदानमा विहानैदेखि सर्वसाधारणको भीड लागेको छ ।
भीड नियन्त्रणका लागि प्रहरीद्वारा लाठी प्रहार भएको छ । मोदीले जानकी मन्दिरमा षोडसोपचार विधिबाट ४५ मिनेट लगाइ विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको छ । जनकपुरको सुरक्षा व्यवस्था विहानैदेखि कडा छ । नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन हेलिकोप्टरमार्फत विहानैदेखि हवाइ गस्ती सुरु भएको छ ।




