अमेरिका र चीनबीच आउँदो साता वार्ता हुने | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

अमेरिका र चीनबीच आउँदो साता वार्ता हुने

एजेन्सी, २५ वैशाख । एकअर्काको देशमा निर्मित सामानमा करको दायरा बढाएर ब्यापार युद्धको बाटोमा अग्रसर भएका अमेरिका र चीनबीच सो सम्बन्धमा उत्पन्न बिवाद अन्त्यका लागि आउँदो साता अमेरिकामा वार्ता हुने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका प्रशासनिक अधिकारीबीच भेटवार्ताको तयारी भइरहेको छ । आ-आफनो देशमा निर्मित सरसामानको बजार क्षेत्र ओगट्न तीब्र गतिमा अघि बढेका अमेरिका र चीन अन्ततोगत्वा कर बढाएपछि बिवादमा फसेका छन् ।

यसबारेमा उत्पन्न समस्याको समाधानका लागि अमेरिकी राष्ट्रपति र चीनका प्रशासनिक अधिकारीबीच आउँदो साता अमेरिकामा वार्ताको तयारी भइरहेको ह्वाइटहाउसले जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले चीनका शीर्ष आर्थिक सल्लाहकार उपाध्यक्ष लीयूहे राष्ट्रपतिको आर्थिक टीमसंगै आउँदो साता अमेरिका आउने जानकारी दिएकी छिन ।

सेन्डर्सले चीनका राष्ट्रपति सीजिनपिङसंग अमेरिकी राष्ट्रपति ट्रम्पको राम्रो सम्बन्ध रहेको बताउँदै आर्थिक मुद्दामा उत्पन्न बिवाद टुङग्याउन अमेरिकी टोली ट्रम्पको ट्रेजरी सचिव स्टीवन म्यून चीनको नेतृत्वमा चीन गएको जानकारी दिए ।

चीनसंगको आर्थिक कारोबारमा अमेरिकाको ब्यापार घाटा ५ सय अर्ब डलर रहेको बताइएको छ । ट्रम्प प्रशासनले ब्यापार घाटामा २ सय अर्ब डलरको कटौतीको माग गरेको छ ।

जबकी चीनले यो मागलाई स्वीकार नगरेको समाचार अन्तर्राष्ट्रिय समाचार माध्यममा आइरहेको छ । यस अघि चीन र अमेरिकाबीच भएको ब्यापारिक बिषयलाई लिएर भएको पहिलो वार्ता असफल भएको थियो ।

चीनको सामानमा २५ प्रतिशत अमेरिकाले कर लगाएपछि चीनले पनि अमेरिकाको १ सय २८ प्रकारका सामानमा २५ प्रतिशत कर लगाउँदा ब्यापार बिवाद चर्किएको छ ।

चीनले देश अनुसारको गुणस्तर र आवश्यकता बमोजिमको सामान उत्पादन गरी आपूर्ती गर्दै ब्यापार ब्यवसाय संसारभर फैलाउँदै आएको छ । सस्तो महंगो सबैखालको चाइनीज सामानहरुले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);