अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताका बारेमा आज निर्णय लिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताका बारेमा आज निर्णय लिने

donald trump

काठमाडौं, २५ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने /नरहनेबारे आज निर्णय लिनु हुने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने /नरहनेबारे आज साँझसम्म निर्णय लिने बताएका हुन् । इरानले सम्झौता भंग गरिए अमेरिकाले पछुताउनुपर्ने चेतावनी दिंदै आएको छ भने सम्झौताका हस्ताक्षरकर्ता मुलुकहरु बेलायत, फ्रान्स र जर्मनीले पनि सम्झौता नतोड्न सुझाव दिएका छन् । तर ट्रम्पले भने लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तराष्ट्रिय सहमतिको कटु आलोचना गर्दै आएका छन् ।

ट्रम्प प्रशासनका अधिकारीहरूले ट्रम्प सम्झौता खारेज गर्ने पक्षमा उन्मुख रहेको बताएका छन् । फ्रान्सले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफू सम्झौताको पक्षमा उभिरहने बताएको छ भने बेलायतले सम्झौतामा केही त्रुटिहरू भएपनि त्यसले इरानलाई परमाणु अस्त्र बनाउनबाट रोकिरहेको र अहिले त्योभन्दा अर्को राम्रो उपाय नभएको भन्दै सम्झौतालाई खारेज नगर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);