बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित हुने दिन समाप्त : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित हुने दिन समाप्त : प्रधानमन्त्री ओली

Pm KP OLI

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली बालबालिका शिक्षाको ज्योतिबाट बञ्चित हुने दिन समाप्त भएको उद्घोष गरेका छन् । सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन चलाइएको अभियान निकै प्रभावकारी भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बालशिक्षालाई प्राथमिकतामा राखेर सरकारले थप योजनाहरु ल्याउन लागिएको जानकारी पनि गराए । दक्षिण एसियाली बाल अधिकारसम्बन्धी सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली बालबालिकालाई विद्यालय भित्र्याउनु र गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको प्राथमिकताको विषय भएको पनि बताए । त्यसका लागि सरकारले निशुल्क शिक्षामा जोड दिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा क्षेत्रमा भएको मनपरीतन्त्रको अन्त्य गर्ने बताए । तीन दिने सम्मेलनमा सार्क क्षेत्रका बालअधिकारकर्मीको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);