अलैंची खेतीबाट बर्षेनी मनग्य आम्दानी | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८१, शनिबार

अलैंची खेतीबाट बर्षेनी मनग्य आम्दानी

alaichi kheti

झापा, २४ बैशाख । झापाको पूर्वोत्तर क्षेत्रका कृषकहरुले अलैंची खेतीबाट बर्षेनी मनग्य आम्दानी दिने गरेका छन । जिर्मले, सलकपुर,बाहुनडाँगी सिरानलगायत क्षेत्रका कृषकहरु यस खेतीमा आफ्नो भविष्य देख्न थालेका छन् ।

पहाडी खोलाखोल्सी र ओसिलो जमिनमा उत्पादन हुने ‘कालो हिरा’का रुपमा परिचित अलैंचीको मूल्य समेत अधिक रहेको समय यस क्षेत्रमा यस बर्ष अलैची राम्रो सँग फुल्न थालेको हो । मेचीनगर १ का कृषक मदन कुमार तामाङ आफु हरेक बर्ष अलैंची खेतीबाट ८ लाख सम्म कमाउने बताएका छन । सरकारले अलैंची कृषकका लागि लगानी बढाउनु पर्ने साथै यसका लागि चाहिने बिउको उचित व्यवस्थापन गर्न सरकारले ध्यान दिनु पर्ने कृषकको भनाई छ ।

पूर्वमा अलैंचीको भाउ हरेक बर्ष उच्च पुग्ने गर्छ । एक मन (४० किलो) को मुल्य ८० देखि ९५ हजार रुपैयाँ पुग्ने गरेको छ । अलैंचीको बजार मूल्य आकाशिएपछि कृषकको उत्साह थपिएको छ । नेपालमा उत्पादित अलैंची भारतको राजधानी दिल्ली भएर खाडीलगायतका मुलुकमा निकासी हुने गरेको छ । अलैंची उत्पादनमा इलाम, ताप्लेजुङ, सङखुवासभा, पाँचथर, धनकुटा, तेह्थुमलगायत जिल्ला अगाडी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);