आईपीएल : मुम्बई र पञ्जाबको जित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

आईपीएल : मुम्बई र पञ्जाबको जित

hardik

एजेन्सी, २४ बैशाख । किंग्स इलाभेन पञ्जाब इण्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेर किंग्स इलाभेन पञ्जाब तेस्रो स्थानमा उक्लिएको हो ।

किंग्स इलाभेन पञ्जाबले राजस्थान रोयल्सले दिएको १ सय ५३ रनको लक्ष्य चर विकेट गुमाएर ८ बल बाँकी छँदै पूरा गर्‍यो । पञ्जाबका लागि केएल राहुलले अविजित ८४ रन बनाए । ५४ बलको सामना गरेका राहुलले ७ चौका र तीन छक्का प्रहार गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले जोस बटलरको ५१ रनको मद्दतमा ९ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

हिजोनै भएको अर्को खेलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई १३ रनले पराजित गरेको छ । आफूले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकत्ता ६ विकेट गुमाएर १ सय ६८ रनमा समेटिएपछि मुम्बई जित हात पारेर पाँचौं स्थानमा उक्लिएको हो । कोलकत्तालाई लक्ष्य पछ्याउनबाट रोक्न हार्दिक पाण्ड्याले किफायती बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

कोलकत्ताका लागि रोविन उथप्पाले सर्वाधिक ५४ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सुर्यकुमार यादवको ५९ रनको मद्दतमा चार विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

आईपीएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच खेल हुने छ । हैदरावाद ७ जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने रोयल च्यालेन्जर्स बैंगलोर जम्मा तीन जितसहित छैटौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);