हिरो मोटरलाइकलको एसभि मोटरसाइकल र ड्युट स्कुटर नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

हिरो मोटरलाइकलको एसभि मोटरसाइकल र ड्युट स्कुटर नेपाली बजारमा

hero-bike

काठमाडौं, २३ बैशाख । हिरो मोटरलाइकलका लागि नेपालको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले नयाँ मोडलका मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । आइतकार काडमाडौंमा पत्रकार सम्मेलन गरी कम्पनीले होरोका ग्लामोअर एसभि मोटरसाइकल र ड्युट स्कुटर नेपाली बजारमा विक्रिवितरण सुरु गरेको जानकारी गराएको हो ।

नयाँ मोडलको ग्लामोअर एसभि मोटरसाइकलमा आइ थ्री एस प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ । आइड्ल स्टप स्टार्ट प्रणाली जडान गरिएका कारण ट्राफिकमा रोकिदा आफै स्टार्ट बन्द हुने र सजिलै स्टार्ट हुने कम्पनीको भनाइ छ ।

ग्लामोअर मोटरसाइकलको नेपाली बजार मुल्य १ लाख ९३ हजार रहेको छ भने ड्युट स्कुटरको मुल्य १ लाख ७९ हजार ५ सय रहेको कम्पनीले जनाएको छ ।
hero-scooter

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);