काठमाडौं, २३ बैशाख । एकतासहित चुनावी गठबन्धन घोषणा गरेका दुई कम्युनिष्ट पार्टी घोषणाको सात महिना पुरा भइसक्दा समेत एकताको ठोस आधार तय हुन सकेको छैन ।
घोषणा हुँदा मंसिरको दोस्रो साता एकता हुने भनिए पनि केही समय एकताको बहस नैं हुन सकेन भने माघ देखि सुरु भएको एकताको भाखा तीन पटक सरिसकेको छ । लेनिन दिवसका लागि भनेर सरेको एमाले–माओवादी एकता माक्र्स दिवसमा पनि टरेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्राविधिक उल्झनका कारण पार्टी एकता ढिलो भएको बताएका हुन् ।