फ्रान्सद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आपत्ति | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

फ्रान्सद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइप्रति आपत्ति

donald trump

एजेन्सी, २३ बैशाख । फ्रान्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भनाइप्रति आपत्ति जनाएको छ ।

फ्रान्सले मानिसहरूलाई बन्दुक राख्न दिएको भए सन् २०१५ को पेरिस हमलालाई रोक्न सकिन्थ्यो भन्ने भनाइप्रति आपत्ति जनाएको हो । पेरिस हमलामा १ सय ३० जना मारिएका थिए । फ्रान्सको विदेश मन्त्रालयले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै पीडितहरूको सम्झनाको सम्मान गर्न आग्रह गरेको छ । पेरिस हमला गरिएको बेलाका राष्ट्रपति फ्रास्वां हल्याण्डले ट्रम्पको भनाइ लज्जाजनक भएको प्रतिक्रिया दिएका छन् ।

पूर्वराष्ट्रपति हल्याण्डले ट्रम्पको भनाइले उनी फ्रान्स र फ्रान्सेली मान्यताबारे के सोच्छन् भन्ने विषयमा धेरै कुरा छर्लङ्ग पारेको बताए । तत्कालीन फ्रान्सेली प्रधानमन्त्री म्यानुअल भासले ट्रम्पलाई अभद्र र अक्षम व्यक्तिको संज्ञा दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);