प्राविधिक कारण पार्टी एकताको घोषणा गर्न सकिएन : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्राविधिक कारण पार्टी एकताको घोषणा गर्न सकिएन : प्रम ओली

Pm Oli

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्राविधिक कारणमा अल्झिएकाले पार्टी एकताको घोषणा गर्न नसकेको बताएका छन् । कार्लमाक्र्स जन्म द्धिशतबार्षिकीका असरमा एमाले स्थायी समितिले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कार्लमाक्र्सको जन्मदिवसको अवसरमा पार्टी एकता घोषणा गर्ने सोच भएपनि केही प्राविधिक कुराले अल्झाएको बताए ।

सम्वृद्धि र सुखी नेपालीको रुपमा मुलुकलाई अगाडि लैजाने लक्ष सरकारको भएकाले अब भने साना तिना विषयमा अल्झेर नबस्ने उनले स्पष्ट पारे ।

माक्र्सवादीको प्रयोग गर्ने विन्दुमा आईपुगेको कम्युनिष्ट आन्दोलन अब जनवादी र समाजवादी क्रान्ति तर्फ उन्मुख हुने ओलीको भनाई छ । कम्युनिष्टहरु कहिलेकाहीँ शब्दहरुमा अलमलिने गरेको उल्लेख गर्दै उनले पूँजीवादी क्रान्ति कम्युनिष्टहरुले कहिलेकाँही नगर्ने स्पष्ट पारे ।

कार्लमाक्र्स जन्मेको २ सय बर्ष पुगेको अवसरमा एमाले स्थायी समितिले कार्लमाक्र्स जन्म द्धिशतवार्षिकी कार्यक्रम आयोजना गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);