यस साता १ अर्ब ५६ करोड ७० लाख बराबरको शेयर कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

यस साता १ अर्ब ५६ करोड ७० लाख बराबरको शेयर कारोबार

काठमाडौं, २२ वैशाख । धितोपत्र बजारमा यस साता एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १ सय ७६ कम्पनीको ३२ लाख ४४ हजार ५ सय कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६ दशमलव ६३ प्रतिशत कम हो ।

गत साता १ सय ८२ कम्पनीको चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरका एक करोड एक लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशमलव १४ अंकले बढेर अन्तिम दिन १३ सय ६६ दशमलव १५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा तीन दशमलव ३३ अंकले बढेर २ सय ८८ दशमलव २९ अंकमा आइपुगेको छ । यस साता कुनै पनि ऋणपत्रको कारोबार भएन । यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

सो बैंकको आठ करोड ५९ लाख २० हजार बराबरको शेयर कारोबार भएको छ । यस्तै शेयर संख्याको आधारमा पनि नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको दुई लाख ४२ हजार कित्ता शेयर खरिद बिक्री भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);