नेपाली मुलका मधुसुदन पन्थी अमेरिकाको नगर परिषद सदस्यमा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली मुलका मधुसुदन पन्थी अमेरिकाको नगर परिषद सदस्यमा निर्वाचित

madhu

काठमाडौं, २१ बैशाख । वाशिंगटन डिसी–अमेरीकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको प्रसिद्ध शहर मनासस नजदिक रहेको हेमार्केट शहरको लागि नेपाली मूलका मधु सुदन पन्थी उक्त नगर पालिकाको लागि नगर परिषद सदस्यमा निर्वाचित भएका छन् ।

मतदानमा नगर प्रमुख सहित ७ जना उम्मेदवारहरुमा पन्थी नगर परिषद सदस्यमा निर्वाचित भएका हुन् । पन्थीले उक्त नगर मा ९ सय घर दैलो अभियानमा संलग्न भै मत मागेका थिए । निर्वाचित सबै सदस्यहरुको सपथ ग्रहण जुलाई १ तारिखमा हुने छ । सम्भवत उनि यसरी नगर क्षेत्रको निर्वाचनमा निर्वाचित हुने टाउन अफ इन्डीएन हेड का निर्वाचित उप नगर प्रमुख किरण सिटौला पछि दोश्रा भएका छन् ।
नव निर्वाचित पन्थी अझ पनि नगर योजना आयुक्त हुन् । उनले सपथ ग्रहण गरे पछि उनि नगर परिषद सदस्य हुने छन् । प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केट शहरका नगर प्रमुख डेविड एम लिकले अप्रिल २५ ,२०१६ तारिख नियुक्त गरेका थिए ।
टाउन अफ हे मार्केटको लागि पन्थी सहित जम्मा ७ जना योजना आयुक्तमा नियुक्त भएका मध्ये ६ जना अमेरिकन मुलका रहेका थिए । उनि निर्वाचित भए पछि सामाजिक संजाल अनुहारमा उनलाई बधाई दिनेको ऒईरो लागेको छ । पत्नी ,१ छोरा र १ छोरीका पिता पन्थी झन्डै डेढ दशक भन्दा ज्यादा समय देखि भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
१५ बर्ष भन्दा ज्यादा समय अगाडी देखि अमेरिका परिवार साथ आई पुगेका पन्थी अर्घाखाची गाबिस चिदिका ९ ,मधुखेल गाउँका हुन् । २०४४ सालमा काठमाडौँ आई बिश्व निकेतन उच्च माध्यमिक बाट १० कक्षा उत्रिण गरे पछि २ बर्षको लागि मधुखेल गाउँमा गई समाज सेवामा संलग्न रहे ।
पन्थी सानै उमेर देखि समाज सेवामा लाग्ने स्वभावको कारण अमेरिका आए पछि पनि त्यो मोह त्यागेनन । फलस्वरूप उनको लगन ,मेहनत ,दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको कारण डिसी महानगर क्षेत्रको हेमार्केटमा शहरको योजना आयुक्त जस्तो गरिमामय पदमा नियुक्त हुन् सफल भएका थिए । त्यो क्रम रोकिएन र त्यसै नगर मा नगर परिषद सदस्य मा समेत बिजयी भए ।
काठमाडौँको त्रिपुरेश्वरमा चिट्ठा (डिभी) भरे पछि उनि अमेरिका आएका हुन् । नेपालमा गएको महाभूकम्पको लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका रहेको तथा नगर प्रमुख डेविड संग निरन्तर सम्पर्कमा रहेकोले उनको काम बाट प्रभावित भै उनलाई नगर योजना आयुक्तमा पदमा नियुक्त गरेका थिए ।

अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा केवल ७ महिना बसी भर्जिनियाको हे मार्केटमा बस्दै आएका पन्थी लामो समय देखि डिसी महानगर क्षेत्रमा छन् । डिसी महानगर क्षेत्रका नेपाली गैर मुनाफा सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न भएता पनि पदको लोभ उनीमा नभएको कारण नेपाली संस्थामा कुनै पनि पदमा उनि छैनन् । केवल समाज सेवाको लागि निस्वार्थ भावनाबाट होमिने पन्थी डिसी महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।

नव निर्वाचित नगर परिसद सदस्य पन्थीले आफु सानै देखि समाज सेवामा लाग्ने भएकोले त्यसलाई अमेरिकामा पनि निरन्तरता दिएको बताए । उनले पहिला नगर योजना आयुक्त भएर काम गरे र आफू सन्तुष्ट छु । फेरी अर्को जिम्मेबारी थपिएको छ । यसलाई सहर्ष स्वीकार गदै आफ्नो जिम्मेबारी बहन गर्न कुनै कसर नछोड्ने बताए । पहिले नियुक्त पद थियो भने अब निर्वाचित हुन् पुगेकोमा मतदाता तथा सबैलाई धन्यबाद दिन चाहेको बताए ।

पन्थी भन्छन ,नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता राख्दै आफुलाई बधाई दिने सबैलाई यसै संदेश बाट कृतज्ञता दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);