एजेन्सी , साउन ३१ । भारतको मुम्बईबाट गेम अफ थ्रोन्सको नयाँ सिरिज लिक गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको ए एफ पि एजेन्सीले जनाएको छ ।
ती ४ जनाले नयाँ सिरिजको द स्पोइल वार एपिसोड पाइरेसी गरेको आरोपमा समातिएका हुन , जुन केहि दिन अघि एच बि ओ च्यानलमार्फत स्टार इन्डिया भारतिय च्यानलबाट पछिल्लो हप्ता रिलिज हुने तयारीमा रहेको थियो ।
उनीहरुलाई कम्पनी विरुद्ध नियम उलघंन र साइबर क्राइम अन्र्तगत जेल चलान गरिएको हो । चारजना मध्य तीन जना प्राइम फोकस टेक्नोलोजीका कर्मचारी हुन् , जुन कम्पनीले हटस्टार जस्ता एप्लिकेशन सञ्चालन गर्दै आएको छ ।
गेम अफ थ्रोन्सको सो सिरिज सातौ सिजनको चारौँ एपिसोड थियो । ह्याकरहरुले नयाँ रिलिजमा आउन लागेका सिरिजको केही एपिसोड पनि लिक गरेको ए एफ पि ले जनाएको छ ।