गेम अफ थ्रोन्स पाइरेसी गर्ने ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी , साउन ३१ । भारतको मुम्बईबाट गेम अफ थ्रोन्सको नयाँ सिरिज लिक गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको ए  एफ पि एजेन्सीले जनाएको छ ।

ती ४ जनाले नयाँ सिरिजको    द स्पोइल वार एपिसोड पाइरेसी गरेको आरोपमा समातिएका हुन , जुन केहि दिन अघि एच बि ओ च्यानलमार्फत स्टार इन्डिया भारतिय च्यानलबाट पछिल्लो हप्ता रिलिज हुने तयारीमा रहेको थियो ।

उनीहरुलाई कम्पनी विरुद्ध नियम उलघंन र साइबर क्राइम अन्र्तगत जेल चलान गरिएको हो । चारजना मध्य तीन जना प्राइम फोकस टेक्नोलोजीका कर्मचारी हुन् , जुन कम्पनीले हटस्टार जस्ता एप्लिकेशन सञ्चालन गर्दै आएको छ ।

गेम अफ थ्रोन्सको सो सिरिज सातौ सिजनको चारौँ एपिसोड थियो । ह्याकरहरुले नयाँ रिलिजमा आउन लागेका सिरिजको केही एपिसोड पनि लिक गरेको ए  एफ पि ले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);