बाजुरामा जनता आवास कार्यक्रम प्रभावकारी हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

बाजुरामा जनता आवास कार्यक्रम प्रभावकारी हुन सकेन

मदन विक
बाजुरा, १९ वैशाख । बाजुरामा सरकारको जनता आवास कार्यक्रम प्रभावकारी हुन सकेको छैन । कार्यक्रम अन्तर्गत अवास निर्माणमा ढिलाई हुँदा लक्षित समुदायको दैनिकी उस्तै कष्टकर छ ।

शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा विपन्न समुदायका नागरिकको उत्थान, सशक्तिकरण र विकास गर्ने उद्देश्यले विभिन्न जिल्लामा जनता आवास कार्यक्रम संचालित छ ।

यो कार्यक्रम बाजुराका बुढीनन्दा नगरपालीकाको कोटीला, स्वामीकार्तिक गाउँपालिकाको साप्पाटा, बडीमालिका नगरपालिका, गौमुल गाउँपालिकाको दहकोट, र खप्तड छेडेदह गाउँपालिकाको काँडा गाविसमा लागू गरिएको भएपनि प्रभावकारी हुन सकेको छैन ।

घरहरु समयमै निर्माण नहुँदा लक्षित वर्गको दैनिकी उस्तै कष्टकर छ । सरकारले बनाइदिएको सुरक्षित घरमा बसौँला भन्ने आशामा बसेका विपन्न तथा दलित परिवारमा निराशा छाएको छ । यो वर्खा पनि चुहिने छानो मुनि नै दैनिकी गुजार्नु पर्ने चिन्ताले उनीहरुलाई सताउन थालेको छ ।

कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/७४ का लागि २ सय विपन्न परिवार छनोट गरिएको थियो । तीमध्ये १ सय १६ वटा घरको निर्माण कार्य गत वर्षको पौष र चैत्र महिनामै सकिनुपर्ने थियो ।

ती घर निर्माण कार्य सम्पन्न गर्न हम्मेहम्मे परेका बेला बाँकी ८४ घर आगामी आर्थिक वर्षबाट निर्माण थालिने जनता आवास कार्यक्रम सम्पर्क केन्द्र बाजुराले जनाएको छ । कार्यक्रमअन्तर्गत बाजुरामा २ सय घर निर्माण गर्नका लागि ७ करोड ३३ लाख रुपैयाँ छुट्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);