बाजुराका कर्मचारीहरुको एक दिनको तलब बाढीपहिरो पीडितलाई | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

साउन ३१ , काठमाण्डौँ । बाढीपहिरोले प्रभावित तराई क्षेत्रको राहतका लागि बाजुराका कर्मचारीहरुले एक/एक दिनको तलव सहयोग गर्ने भएका छन् ।

 

जिल्ला दैविक प्रकोप उद्धार समितिको मंगलबार बसेको बैठकले जिल्लामा रहेका सवै निजामति कर्मचारी, शिक्षक, सुरक्षाकर्मीबाट १ दिनको तलब संकलन गरेर तराईका बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको हो । जिल्लाबाट संकलित रकम केन्द्रमा पठाउने जिल्ला दैविक प्रकोप उद्धार समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो ।

 

साथै उहाँले बाजुरा पनि बाढी पहिरोको उच्च जोखिममा रहेकोले सतर्कता अपनाउन स्थानीयसँग आग्रह गर्नुभयो ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);