प्रदेश ३ को सुरक्षा समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रदेश ३ को सुरक्षा समितिको बैठक

हेटौडा, १८ वैशाख । प्रदेश ३ को सुरक्षा समितिको बैठक हेटौंडामा सुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा अंगका प्रमुखहरुको उपस्थितिमा मंगलबार सुरक्षा समितिको बैठक उद्घाटन गरेका हुन् ।

बैठकमा प्रदेश मातहतका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी भएका छन् । प्रदेश मातहतका सुरक्षा अवस्थालाई अझै सुदृढ बनाउन प्रदेश स्तरीय सुरक्षा समितिहरुको बैठक सुरु गरिएको हो ।

बैठकमा गृहमन्त्री थापा, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल, गृहसचिव प्रेमकुमार राई, नेपाली सेनाका उपरथी सरदकुमार गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतको उपस्थिति रहेको छ ।

सरकारले मुलुकको शान्ति सुरक्षाको अवस्थालाई अझै सुदृढ बनाउन प्रदेश स्तरीय सुरक्षा समितिको बैठक बोलाएको हो । बैठकमा प्रदेश मातहतका जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो सुरक्षा रणनीतिका विषयमा विफ्रिङ गर्नेछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);