ला लिगाको उपाधि बार्सिलोनालाई, डिपोर्टिभो ४–२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

ला लिगाको उपाधि बार्सिलोनालाई, डिपोर्टिभो ४–२ ले पराजित

barcelona

एजेन्सी, १७ बैशाख । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहान भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ह्याट्रिक गरे । थप एक गोल फिलिप कोटिन्होको नाममा रह्यो । खेलको सातौं मिनेटमा फिलिप कौटिन्होको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । खेलको ३८, ८२ र ८५ औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

यो ह्याट्रिकसँगै मेसी स्पेनिस लिगमा लगातार ७ सिजन ३० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो सिजनमा मेस्सीले ला लिगामा ३२ गोल गरिसकेका छन् । डिपोर्टिभोका लागि खेलको ४० औं मिनेटमा लुकास पेरेज र ६४औं मिनेटमा इम्रे कोलाकले गोल गरे ।

बार्सिलोना चार खेल अगाबै ला लिगाको विजेता बनेको हो । दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडको ७५ अंक छ । उस्ले अब तीन खेल खेल्न बाँकी छ । तर, बार्सिलोनाको अहिले कायम ८६ अंक बनाउन कुनै पनि क्लबका लागि सम्भव छैन । यो बार्सिलोनाको २५ औँ ला लिगा उपाधि हो । अहिलेसम्म सबैभन्दा धेरै रियल मड्रिडले ३३ पटक ला लिगाको उपाधि जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);