काठमाडौं, १६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहँदा कञ्चनपुरको पुनर्वास नगरपालिका भने सीमा विवादले तनावग्रस्त भएको छ ।
भारतीय पक्षसँगको सहमतिअनुसार नै दशगजा क्षेत्रमा नेपाली पक्षले गरेको तारबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेरेर फालिदिएपछि तनाव चुलिएको हो । यतीसम्म की एसएसबीले नेपाली अधिकारीहरुलाई नेपालकै भूभागमा जानसमेत दिएका छैनन् ।