३१ साउन, काठमाण्डौँ । मंगलबार बिहान ४ बजे पोखरामा एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् ।
दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टमाथि सुतिरहेको अवश्थामा ७ राउण्ड गोली प्रहार गरी हत्या गरेका हुन् ।
कोखामा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।