भैरहवा, १४ बैशाख । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरेरै छाड्ने दाबी गरेका छन् । भैरहवा विमानस्थलमा संचारकर्मीसँग गृहमन्त्री थापाले कसैको आन्दोलनबाट सरकार पछि नहट्ने भन्दै यातायात क्षेत्रको सिण्डीकेट अन्त्य गरेर यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको वातवरण बनाउने बताए ।
गृहमन्त्री थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्नेलाई नछाडिने बताउँदै नागरिकलाई सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री थापाले अपराध, चोरी तस्करी तथा लागुऔषधका घटना रोक्न सरकारले विशेष योजना ल्याउने बताए ।