एजेन्सी, १४ बैशाख । उत्तर कोरिया र दक्षिण कोरियाबीचको शिखर वार्ता सुरु भएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच दक्षिण कोरियाको गैरसैनिक क्षेत्रमा वार्ता हुदैछ ।
उत्तर र दक्षिण कोरियाली नेताहरू एक दशकभन्दा बढी समयपछि शिखर वार्तामा सम्मेलित भएका थिए । उत्तर कोरियाली नेता किम सन् १९५३ को कोरियाली युद्धपछि वार्ताका लागि दक्षिण कोरिया पुग्ने पहिलो नेता हुन् ।